You are viewing the translated version of तथ्याङ्कीय रजिस्टर तयार गर्ने.

Section 13
तथ्याङ्कीय रजिस्टर तयार गर्ने
(१) कार्यालयले तथ्याङ्कीय प्रयोजनका लागि जनसङ्ख्या रजिस्टर, व्यावसायिक रजिस्टर लगायत (अन्य सान्दर्भिक क्षेत्रको तथ्याङ्कीय रजिस्टर तयार गर्न सक्नेछ। स्पष्टीकरण: यस नियमको प्रयोजनका लागि "तथ्याङ्कीय रजिस्टर" भन्नाले जनसङ्ख्या तथा व्यवसाय समेतको आधारभूत विवरण तथा सूचनाको अभिलेख सम्झनु पर्छ।
(२) उपनियम (१) बमोजिमको रजिस्टर तयार गर्नका लागि कार्यालयले सम्बन्धित व्यक्ति, निकाय, संस्था वा व्यवसायीसँग आवश्यक विवरण माग गर्न सक्नेछ।